गान्तोक: नाम्ची जिल्लामा सी र डी वर्गको इलेक्ट्रोनिक भोटिङ मशिन छुट्टयाउने कार्य सम्पन्न भयो। नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा स्थापना गरिएको स्ट्रङ रूममा उक्त इभीएम छुट्टयाउने कार्य भएको छ। नाम्ची जिल्लाकी जिल्लापा अन्नपूर्ण आले, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरूको उपस्थितिमा इभीएम छुट्टयाउने कार्य सम्पन्न भएको हो। सबै इभीएमहरू छुट्टाएपछि जिल्लापालको उपस्थितिमा स्ट्रङ रूम सील गरिएको छ भने स्ट्रङ रूमको वरिपरि सीसी क्यामेरा साथै पुलिस विभागका अधिकारीहरू 24 घण्टा नै तैनाथ रहनेछन्।











