प्रत्येक बलमा अलग प्रयोग गर्ने डोशचेटको परामर्श

IMG-20240427-WA0257.jpg

काेलकत्ता: आईपीएल २०२४-मा कलकत्ता नाइट राइडर्स (केकेआर)-का सहायक प्रशिक्षक रेयान टेन डोशचेटको भनाइअनुसार, जारी सीजनमा आक्रामक मिजासको साथ खेलिरहेका ब्याटरहरूलाई चुनौती दिन टीमका बलरहरूले नयाँ तरिका खोजेर निकाल्नु पर्नेछ। पञ्जाब किंग्सले शुक्रवार राति टी२० इतिहासको सबैभन्दा ठूलो लक्ष्यलाई हासिल गऱ्यो। टीमले केकेआरका बलरहरूलाई भरपूर शास्ती दिँदै ८ बल र ८ विकेट बाँकी रहँदै २६२ रनको लक्ष्यलाई हासिल गऱ्यो। डोशचेटले भने, दश साल पहिलाको तुलनामा अहिले खेल सम्पूर्ण रूपले बद्लिएको छ। पहिला १६०-को स्कोर पार गरे म्याच जित्न सक्ने लाग्थ्यो तर अहिले ठूलो स्कोर बनाउन तपाईंले १३औं ओभरभन्दा अघि १६० रन बनाउने आवश्यकता हुन्छ। केकेआरका सहायक प्रशिक्षकले बताएअनुसार, आक्रामक ब्याटिंग रणनीतिहरू विरुद्ध सफल हुन बलरहरूले अपरम्परागत रणनीति अप्नाउनु पर्नेछ। डोशचेटले भने, तपाईंले ब्याटरहरूलाई अफ् गार्ड गर्नु पर्छ। सेम कुरेनले यसरी नै फिल सल्टलाई आउट गरे। बलरहरूले नयाँ तरिका खोज्नु पर्नेछ। प्रत्येक बलमा अलग केही गर्नु पर्नेछ। यस प्रारूपमा लगातार दुई बल एकै थरीको गर्नु हुँदैन। यस्तो गरे ब्याटरहरूले शास्ती दिन जारी राख्नेछन्। विशेषगरी आईपीएलमा पारम्परिक तक्निक काम लाग्दैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement