महिला ब्याडमिण्टन टीमको सकारात्मक शुरुवात

IMG-20240427-WA0251.jpg

नयाँ दिल्ली: उदीयमान महिला ब्याडमिण्टन खेलाड़ी अश्मिता चालिहाले अनुभवी खेलाड़ी मिशेल ली-लाई उलटफेरको शिकार बनाइन् अनि भारतीय महिला ब्याडमिण्टन टीमले शनिवार उबेर कप टुर्नामेण्टमा जीतको साथ अभियान शुरु गऱ्यो। भारतीय महिला टीमले कनाडालाई ४-१-ले पराजित गरी टुर्नामेण्टमा सकारात्मक शुरुवात गऱ्यो। वर्ल्ड ऱ्याङकिंगमा ५३औं स्थानमा रहने चालिहाले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकी २५औं नम्बरकी खेलाड़ी ली-लाई शुरुवाती एकल म्याचमा २६-२४, २४-२२-ले पराजित गरिन्। ली-ले २०१४ र २०२२ कमनवेल्थ गेम्समा क्रमशः स्वर्ण र रजत पदक जितेकी थिइन्। त्यसपछि गत वर्ष सीनियर नेशनल च्याम्पियनशीपको खिताब जित्ने प्रिया कोन्जेगबाम र श्रुति मिश्राकी युवा महिला युगल जोड़ीले क्याथरीन चोई र जेसलिन चाउकी जोड़ीलाई २१-१२, २१-१० ले पराजित गरी भारतलाई २-०-को बढ़त दिलायो। त्यसपछि इशारानी बरुआले वेन यू झांगलाई २१-१३, २१-१२-ले पराजित गर्दा भारत ३-० ले अघि रहन पुग्यो। दोस्रो युगलमा सिमरन सिन्धी र रितिका ठाकुरको जोड़ीले ज्याकी डेण्ट र क्रिस्टलकी जोड़ी विरुद्ध १९-२१, १५-२१-ले हारको सामना गर्नु पऱ्यो। त्यसपछि नेशनल च्याम्पियन अनमोल खरबले अन्तिम म्याचमा एलियाना झांगलाई २१-१५, २१-११-ले सजिलै पराजित गरिन्। भारतीय टीमले सोमवार सिंगापुर र मंगलवार चीनको सामना गर्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *