हाई स्कोरिंग म्याचमा दिल्ली क्यापिटल्सको १० रनले रोमाञ्चक जीत

IMG-20240427-WA0246.jpg

नयाँ दिल्ली: आईपीएल २०२४-को अझ एउटा रोमाञ्चक म्याचमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई १० रनले पराजित गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै दिल्ली क्यापिटल्सले अरुण जेटली स्टेडियममा २० ओभरमा ४ विकेटमा २५७ रन बनायो। त्यसपछि मुम्बई इण्डियन्सले भरपूर प्रयास गरे पनि ९ विकेटमा २४७ रन मात्र बनाउन सक्यो। यसरी आईपीएलको यस सीजनमा फेरि एकपल्ट म्याचमा दुई टीमले मिलेर ५०० भन्दा अधिक रन (५०४) बनायो। दिल्लीको ईनिंग्समा ओपनर जेक फ्रेजर-म्याकगर्कले विध्वंशी मिजासमा सर्वाधिक ८४ रन बनाए। उनले जारी सीजनमा दोस्रोपल्ट १५ बलमा अर्द्धशतक पूरा गरे। प्लेयर अव् द म्याच रहने फ्रेजर म्याकगर्कले २७ बल खेलेर ११ वटा चौका र ६ वटा छक्का लगाए। उनले अभिषेक पोरेल (३६ रन) सँग मिलेर पहिलो विकेटको निम्ति ४५ बलमा ११४ रनको पार्टनशीप गरे। त्यहाँबाट शे होप (४१ रन) र ट्रिस्टन स्टब्स (अविजित ४८ रन)-ले तेजीको साथ रन बनाउँदै दिल्ली क्यापिटल्सलाई आईपीएल इतिहासको सर्वाधिक स्कोरसम्म पुऱ्याए। स्टब्सले २५ बल खेलेर 2 वटा छक्का र 6 वटा चौका लगाए जबकि होपले १७ बल खेलेर ५ वटा छक्का लगाए। कप्तान रिषभ पन्तले २९ रनको योगदान दिए। विशाल लक्ष्यलाई पछ्याउँदै मुम्बई इण्डियन्सको शुरुवात खराब रह्यो अनि ईशान किशन (२०), रोहित शर्मा (८) र सूर्यकुमार यादव (२०) पावरप्ले-मै पभेलियन फर्किए। केवल ६५ रनमा यी तीनको पतनपछि तिलक वर्माले कप्तान हार्दिक पाण्डयासँग चौथो विकेटको निम्ति ७१ रनको पार्टनशीप गरी लड़ाइँ जारी राखे। तिलकले ३२ बल खेलेर ४ वटा चौका र ४ वटा छक्काको साथ सर्वाधिक ६३ रन बनाए। यसरी हार्दिकले ३ वटा छक्का र ४ वटा चौकाको साथ २४ बल खेलेर ४६ रन बनाए। यी दुई आउट भएपछि टिम डेविडले अन्तिम प्रयास गरे पनि टीमलाई जीत दिलाउन सकेनन्। डेविडले ३ वटा छक्का र २ वटा चौकाको साथ १७ बलमा ३७ रन बनाए। क्यापिटल्सका बलरहरूमा राशिख सलाम र मुकेश कुमारले ३-३ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *