मेघालयले आफ्ना स्कूले नानीहरूमा खेल प्रतिभा पहिचान गऱ्यो

IMG-20240427-WA0244.jpg

शिलंग: खेल अनि युवा मामिलाहरूका निदेशालय, मेघालय विभाग यो बताउन चाहन्छ कि २५-देखि ३० अप्रेलसम्म गुरुग्राम, हरियाणामा बास्केटबलको अनुशासनमा ६७औं राष्ट्रिय स्कूल खेल २०२४-मा भाग लिनको निम्ति एउटा राज्य टीम पठाइएको छ, जुन स्कूल गेम्स फेडरेशन अव् इण्डियाद्वारा आयोजित गरिएको छ। यी खेलहरूका उद्देश्य स्कूली नानीहरूका निम्ति खेल प्रतिभाको पहिचानको साथै समग्र मानसिक, शारीरिक र सामाजिक विकासको निम्ति मञ्च प्रदान गर्नु हो। हरियाणाको गुरुग्राममा ६७औं राष्ट्रिय स्कूल गेम्स २०२४ अण्डर-१७ बोइज च्याम्पियनशीपमा भाग लिनल २ अधिकारीहरूका साथमा १२ जना एथलीटहरूलाई चयन गरिएको छ। एथलीटहरूका चयन खेल र युवा मामिलाहरूका निदेशालयद्वारा गरिएको थियो अनि १० अप्रेलमा एनईआईजीआरआईएचएमएस-मा आयोजित परीक्षणहरूबारे व्यापक प्रचार गरिएको थियो। सबै चयनित एथलीट मेघालयका निवासी अनि राज्यका विभिन्न स्कूलहरूमा पढ़िरहेका छन्। बाह्र एथलीटहरूमा सातजना पूर्वी खासी हिल्स, एकजना उत्तरी गारो हिल्स, एकजना पूर्वी पश्चिम खासी हिल्स, एकजना पूर्वी जैंतिया हिल्स, एकजना पूर्वी गारो हिल्स र एकजना री भोई जिल्लाबाट छन्। उनीहरूका साथमा स्मति योलिण्डा हाइनिवेटा, कोच र रेनाल्डी जिरवा, म्यानेजर पनि छन्। निदेशालयले एथलीटहरूलाई शुभकामना दिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *