सिलगढी: भक्तिनगरको पुलिस र विशेष अपरेशन ग्रुप (एसओजी)ले शनिबार साँझ पूर्वी बाइपास क्षेत्रमा कारबाही गरी करिब ३ सय ग्राम ब्राउन सुगरसहित दुई जना अभियुक्तलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुको नाम नुरुल इस्लाम र सज्जुइल शेख रहेका छन्। उनीहरु दुवै मालदाका बासिन्दा हुन्। स्रोतका अनुसार मालदाबाट सिलगढीमा लागूऔषध तस्करी हुन लागेको गोप्य सूचना एसओजीलाई प्राप्त भएको थियो। त्यसपछि सूचना पाएपछि एसओजीले भक्तिनगर थानाको पुलिससँग मिलेर पूर्वी बाइपास क्षेत्रमा अपरेसन गरी दुवै अभियुक्तलाई पक्राउ गरेको थियो। उनीहरु दुबैको खोजी गर्दा उनीहरुको साथबाट करिब ३ सय ग्राम ब्राउन सुगर बरामद भएको थियो। बरामद ब्राउन सुगरको अनुमानित बजार मूल्य करोडौं रुपियाँ रहेको छ। पुलिसले दुवैलाई पक्राउ गरी एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ। दुवै अभियुक्तलाई भोलि जलपाईगुडी अदालतमा पेश गरिनेछ।









