डेङ्गूसॅंग लड्न स्वास्थ्य विभागको  जागरूकता अभियान

05_07_2022-dengu_in_meerut_22863922.jpg

कालचीनी: कालचीनी ब्लकमा डेङ्गूको प्रकोप बढ्न थालेको सूचनापछि स्वास्थ्य विभाग सक्रिय बनेको छ। डेङ्गूसॅंग लड्न स्वास्थ्य विभागको तर्फबाट शनिवार जागरूकता अभियान चलाइयो।

सूत्रहरू अनुसार, कालचीनी ब्लकमा हालसम्म २२ जना डेङ्गूले संक्रमित बनेको खबर अघि आएको छ। यस कारण डेङ्गू रोकथामको निम्ति ब्लक र स्वास्थ्य विभागका अधिकारीहरू मैदानमा उत्रिएका छन्। स्वास्थ्य विभागका अधिकारीहरू र कर्मचारीहरूले शनिवार अभियान चलाएर जनसाधारणलाई डेङ्गूप्रति जागरूकत गरे। यस अतिरिक्त विभिन्न क्षेत्रमा रोगाणुनाशक छर्किने काम पनि गरिएको छ।

यस सम्बन्धमा ब्लक स्वास्थ्य विभाग अधिकारी श्रीकान्त मण्डलले भने, हामी डेङ्गूको रोकथामको निम्ति लगातार अभियान चलाइरहेका छौ। अधिकांश संक्रमित अब निको भएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *