गान्तोक: मानव बेचबिखन विरुद्ध लड्न र जनचेतना जगाउनको लागि एक ठोस प्रयासअन्तर्गत सेक्टर हेडक्वार्टर एसएसबी, गान्तोकद्वारा प्रमुख एनजीओहरूसँग साझेदारीमा एक सहयोगी पहल गरिएको थियो। सेक्टर हेडक्वार्टरमा आयोजित मानव बेचबिखन सम्बन्धी कार्यशालाले विभिन्न पृष्ठभूमिका सरोकारवालाहरूलाई एकसाथ ल्याएको थियो। यस जघन्य अपराध विरुद्ध समुदायलाई शिक्षित र परिचालन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा डुवर्स एक्सप्रेस संस्थाका संयोजक राजु नेपाली र कोलकाताका गैरसरकारी संस्थाका अपरेसनल म्यानेजर सोनी थोमसले मुख्य भूमिका खेलेका थिए। सेक्टर हेडक्वार्टरले गान्तोकबाट नाथुलासम्म बाइक र्यालीलाई झण्डा देखाएर विदा गरेको थियो। र्यालीले मानव बेचबिखन विरुद्ध लड्न सामुहिक जिम्मेवारीबारे सन्देश दिएको थियो। राजु नेपालीले सहयोगी प्रयासको लागि कृतज्ञता व्यक्त गर्दै, सँगै मिलेर हामी सबैका लागि सुरक्षित वातावरण सिर्जना गर्न सक्छौं भनी बताए।









