पूर्वोत्तर राज्यहरुमा जियो ट्यागिङबारे सम्मेलन शुरु

n6039270761714234440821835379878f17c1bb9e653eea980bb42fa062640b19404f23ac335b7e59143048.jpg

गान्तोक:भारत सरकारको अल्पसंख्यक मामिला मन्त्रालय अन्तर्गतको जियो ट्यागिङमा समीक्षा बैठक र प्रशिक्षण कार्यक्रम आज गान्तोकको एक स्थानीय होटलमा सुरु भयो। कार्यक्रम दुई दिनसम्म हुने भएको छ। मन्त्रालयका सचिव श्रीनिवास कार्तिकितलाकारको अध्यक्षतामा, प्रशिक्षण कार्यक्रम भएको हो। जसमा जितेन्द्र सिंह राजे संयुक्त सचिव, परियोजना व्यवस्थापन अधिकारी लगायत उत्तर पूर्वी राज्यहरूका प्रतिनिधिहरू सहभागी थिए। तेलङगाना र कर्नाटकका प्रतिनिधिहरू पनि उपस्थित थिए। कार्यक्रममा सिक्किम सरकारको समाज कल्याण विभागद्वारा तयारी गरिएको थियो।

सारिका प्रधान, सचिव समाज कल्याण विभागले सबै उपस्थित अधिकारीहरुलाई स्वागत गरिन्। सचिव अल्पसंख्यक मामिला मन्त्रालयले एउटै प्लेटफर्म तयारीबारे कुरा गरे। अभिनव विचारहरू, सहयोगी साझेदारीहरू, कार्ययोग्य रणनीतिहरू र साझा प्रतिबद्धता मार्फत उत्कृष्ट अभ्यासहरूलाई सक्रिय गर्ने बताए। जुन मूर्त प्रभाव र समाजमा सकारात्मक परिवर्तनहरूको लागि मार्ग प्रशस्त गर्ने लक्ष्य राख्दछ, भन्दै मुद्दाहरूलाई तत्काल र प्रभावकारिताका साथ बढ़ाउने उल्लेख गरे। यस बैठकको प्राथमिक उद्देश्य प्रधान मन्त्री जन विकास कार्यक्रम अन्तर्गत भौतिक र आर्थिक प्रगति कार्यहरूको समीक्षा गर्नु थियो र बहुमूल्य अन्तर्दृष्टिबारे उपस्थित राज्य प्रतिनिधिहरू बीच विचार आदानप्रदान गरियो। लेह र अरुणाचल प्रदेशले योजनाद्वारा बौद्ध विकास योजना अन्तर्गत हिमालयन सांस्कृतिक सम्पदा र अध्ययनहरूको परिचय मार्फत अल्पसंख्यक बौद्ध समुदायहरूको संरक्षण गर्ने बारे छलफल गरेको जानकारी गराए।

प्रस्तावमा बौद्ध हिमालय सम्पदाको संरक्षण र हिमालयन अध्ययनको संरक्षणमा सहयोग पुग्ने जल निकाय, संस्थान र रिट्रिट्सजस्ता तीनवटा पूर्वाधार विकास गर्ने प्रस्ताव राखिएको थियो। यसको उद्देश्य अध्ययनको सुरक्षा गर्नु र लोप हुने जोखिममा रहेका सीपहरू विकास गर्नु हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *