बिश्व आदिवासी दिवस भब्यरूपमा पालन गरिने

IMG-20220806-WA0183.jpg

पानीघट्टा: आगामी ९ तारिख मंगलबार को दिन बिश्व आदिवासी दिवस भब्यरूपमा पालन गरिने जानकारी प्राप्त भएको छ। बिश्व आदिवासी दिवसलाई केन्द्र गरेर भारत नेपाल सीमावर्ती क्षेत्र लोहागढ खेल मैदानमा तयारी को क्रम आजदेखि शुरू भएको छ। सुकना पानीघट्टा समष्टि सभासंद परेश तिर्कीले आज लोहागढमा प्रेस भेलालाई सम्बोधन गर्दै आगामी मंगलबार सम्पन्न हुने बिश्व आदिवासी दिवसमा प्रमुख अतिथि जीटीएका कार्यपाल अनित थापा रहने छ भने जीटीए अध्यक्ष, जीटीएका सचिव, कालेम्पुङका एमएल, साथै सभासंदहरूको उपस्थिति रहने बताए। उक्त दिन बिभिन्न कार्यक्रम पनि समाबेश गरिएको बताए। तिर्की संग तृणमूल नेता बिन्नी शर्माको पनि उपस्थिति रहेको थिए।सभासंद तिर्कीले बिश्व आदिवासी दिवसमा सबै सबैलाई उपस्थिति भईदिने अपिल पनि गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *