गणेश कुमार राई केएन राईकाे  शिष्टाचार भेट

n60391261217142297957873c7d9969d05cdcf8d8127d5c361bf3aef0db0514bac1d685ab0d1fefb1cc871f.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी सिक्किमका प्रमुख समन्वयक गणेश कुमार राईले आज राज्यका पूर्व विधानसभा अध्यक्ष केएन राईसॅंग दक्षिण सिक्किम अन्तर्गत जारोङस्थित उनको आवासमा शिष्टाचार भेट गरे। यस भेट अवधि प्रमुख समन्वयकले केएन राईको स्वास्थ्यबारे जानकारी लिॅंदै सुस्वास्थ्यको निम्ति कामना गरे।

चर्चाको क्रममा गणेश कुमार राईले केएन राईमाथि मल्लीमा भएको आक्रमणप्रति चिन्ता व्यक्त गरे। उनले सबै नागरिकहरू विशेष रूपमा सार्वजनिक सेवा र राजनीतिमा सक्रिय रूपमा सलंग्न व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्नु पर्ने विषयमाथि बल दिए।

प्रमुख समन्वयक राईको साथमा पार्टीका नेतृत्वहरूले केएन राईप्रति ऐक्यबद्धता व्यक्त गरेको जानकारी एक प्रेस विज्ञप्तिमा बताइएको छ। उक्त भ्रमणले राजनीतिक बन्धुत्व भित्रको एकता र करुणाको भावनालाई जोड दिँदै विपद्को घडीमा एकजुट भएर उभिनु पर्ने महत्वलाई उजागर गरेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *