सिलगढी। गत एक महिना अघि फुलबारी उच्च माध्यमिक विद्यालयबाट पङ्खा चोरी भएको घटना प्रकाशमा आएको थियो। यसको साथै सूर्यसेन क्लोनीको एउटा मन्दिरबाट पूजा सामाग्रीहरू पनि चोरी भएको थियो। यसपछि उक्त घटनालाई लिएर अभियोग दर्ता गरेपछि जाँचमा जुटेको एनजेपी पुलिसले स्कूल र मन्दिरबाट चोरी भएको सामानहरूसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा आकाश हिला र विजय राय सामेल छन्। पुलिस सूत्रअनुसार आरोपी धेरैदिन अघिदेखि असामाजिक गतिविधि कार्यमा संलग्न थिए। पुलिसले अभियान चलाएर चोरी भएका सामानहरूसहित दुईजनालाई पक्राउ गरेको छ। आज आरोपीहरूलाई जलपाइगढी अदालतमा पेश गरियो।