इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान

IMG-20240427-WA0009

झापा (नेपाल): इलाम २ मा जारी उपनिर्वाचनमा एक्जिट पोलको नाममा नक्कली मतदान गराएको पाइएको छ। मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि  पुलिसले केही सामग्रीहरू बरामद गरेको छ। महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री पुलिसले बरामद गरेको पुलिसले जनाएको छ। क्याम्पसकै होस्टेलमा बसोबास गर्ने ४ जना महिला विद्यार्थीहरुलाई प्रतिव्यक्ति १५०० दिएर नक्कली मतपत्रमा छाप हाल्न लगाउने र नक्कली मतपेटिकामा सो कागज खसाल्न लगाउने गरेको पाइएको हो।

पुलिसका अनुसार यो समूहले यो काम २ घण्टासम्म सञ्चालन गरेको पाइएको छ। मतदान केन्द्रभित्रै २ घण्टासम्म सो कार्य गर्न कसले अनुमति दियो, कसले सेटअप गर्‍यो भन्ने विषयमा प्रशासन बेखबर थियो। मतदान गरेर फर्किंदै गरेकाहरुलाई मतदान केन्द्रभित्र टेबल सेटअप नै गरी सो समूहले पोल सञ्चालन गरेको थियो। नक्कली भोट पनि खसालेर आएका एक मतदाताले भने, ‘भोट हालेर निस्कने बित्तिकै क्याम्पसभित्रै टेबल राखेर बसेकाहरुले भित्र जुनमा भोट हाल्नुभयो, यसमा पनि हाल्नुस् भनेपछि हामी त सरकारकै नयाँ नियम रहेछ भनेर नक्कली भोट पनि खसालेछन्।निर्वाचन आचारसंहिता विपरीत कार्य भएको थाहा पाएपछि सो समूहको कागजात, नक्कली मतपत्र र नक्कली मतपेटिका जफत गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *