लेटाङमा अटो ट्याम्पो दुर्घटना

IMG-20240427-WA0008

झापा (नेपाल): मोरङको लेटाङमा अटो ट्याम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  पुलिसका अनुसार लेटाङ नगरपालिका–३ स्थित भित्री सडक खण्डमा को २ ह ३२०८ नम्बरको अटो आफैँ अनियन्त्रित भएर शुक्रबार बिहानका राति २ बजेतिर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। अटोमा सवार अर्का व्यक्ति घाइते भएका छन्।  लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेको अटो दुर्घटना हुँदा चालक कानेपोखरी गाउँपालिका–७ का ४१ वर्षीय ओमनारायण श्रेष्ठको मृत्यु भएको छ। दुर्घटना परेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि लेटाङ एडभान्स हेल्थ केयर सेन्टरमा भर्ना गरिएको थियो। उपचारकै क्रममा बिहान २:४० बजेतिर मृत्यु भएको हो। अटोमा सवार कानेपोखरी–७ का ३१ वर्षीय पूर्णबहादुर तामाङ दुर्घटनामा परेर गम्भीर घाइते भएका छन्। तामाङलाई उपचारका लागि विराटनगरको न्युरो अस्पतालमा भर्ना गरिएको छ। पुलिसका अनुसार अटोको तीब्र गतिका कारण दुर्घटना भएको पाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *