जबला एक्सन रिसर्च अर्गनाईजेशनद्वारा सचेतना कार्यक्रम

0899fb229-a403-43cd-b32e-f9119e7fa8b3

कालचिनी: कालचिनी ब्लक संलग्न दमनपुर क्षेत्रको निर्मला गर्ल्स हाइस्कूलका विद्यार्थीहरुलाई समेटेर शनिबार जबला एक्सन रिसर्च अर्गनाईजेशनद्वारा बाल विवाह र प्रारम्भिक गर्भावस्था विषयमाथि सचेतना कार्यक्रम सम्पन्न गरिएको जानकारी सो संगठनको कालचिनी ब्लक संयोजिका सुमी मुण्डाले दिएकी छन्। उक्त सचेतना कार्यक्रममा स्कूलका शिक्षिकाहरुलाई साक्षी राखेर कार्यक्रम सम्पन्न गरिएको थियो भने कार्यक्रममा विद्यार्थीहरुद्वारा नाटकको माध्यममा सचेतना सन्देश दिने प्रयास गरेको थियो। संगठनको पक्षबाट विभिन्न ठाउँहरुमा यस्ता सचेतना कार्यक्रम गर्ने रुटिन चलिरहेकोबीच निर्मला गर्ल्स हाइस्कूलका विद्यार्थीहरुलाई समेटेर उक्त सचेतना कार्यक्रम सम्पन्न गरिएको सुमी मुण्डाले थप जनाएकी छिन्।

About Author

Advertisement