ईलाम र बझाङमा मतदान हुँदै

IMG-20240427-WA0004

झापा (नेपाल): इलाम क्षेत्र नम्बर २ मा मतदान शुरु भएको छ। सबै १ सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न  ७४५ कर्मचारी, एक हजार ५२३ नेपाल प्रहरी, ७१० सशस्त्र पुलिस बल, ४५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उनले बताए। यो चुनावमा एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन्। आयोगका अनुसार  ५९ हजार १८ पुरुष, ५६ हजार ८६९ महिला र दुई जना तेस्रोलिङ्गी छन्। नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त स्थानका लागि इलाम (२ मा निर्वाचन हुन लागेको हो। यहाँ १९ जना चुनावी प्रतिस्पर्धामा छन्। यस्तै बझाङ प्रदेश सभा १(१) मा पनि मतदान शुरु भएको छ। यहाँ ११ उम्मेदवार मैदानमा छन्। बिहान ७ बजेदेखि नै शुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार बझाङ १ (१) मा कुल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ।  त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *