मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन शुरु

IMG-20240426-WA0008

झापा (नेपाल): विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा संकलन नाम्के खर्कबाट शुरु गरिएको छ। यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि खोज्न भने नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट संकलन थालिएको हो। यही २२ अप्रेल (वैशाख १० गते)देखि नाम्के खर्कबाट करिब दुई सय जना यार्सागुम्बा संकलनको अनुमति लिएर खर्कतर्फ गएका छन्। अनुमतिपत्रबिना औषधीय जडीबुटी संकलन गर्न पाइँदैन। त्यसले गर्दा अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइने गरिन्छ। संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों–८ का वार्ड अध्यक्ष याद घलेले यार्सा पाइने नजिकको खर्कबाट २२ अप्रेलबाट संकलन शुरु हुने जानकारी दिए। उहाँका अनुसार मनाङमा यार्सागुम्बा संकलन थालिने पहिलो गन्तव्य नाम्के खर्क हो। खर्कबाट यार्सागुम्बा संकलन गर्न अनुमति दिने निर्णय बमोजिम संकलकलाई अनुमति दिइएको उनले बताए।

मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा संकलन गर्ने उपयुक्त समयका रूपमा लिइन्छ। मनाङको नाम्ग्य खर्क, किन्चो लेक, याक खर्क, पिसाङ लेक, फु लेकलगायतका खर्कमा यार्सागुम्बा बढी पाइने स्थान हुन्। यार्सागुम्बा संकलन कार्य नाम्ग्य खर्कबाट शुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने छ। असारको पहिलो सातासम्म यार्सागुम्बा संकलन कार्य सकिन्छ। यार्सागुम्बा खोज्ने क्रममा विसं २०६६ मा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयले हत्या गरेका थिए। त्यसपछि सुरक्षा चुनौतीका कारण मनाङको साविकको नार र फुगाउँ विकास समितिमा यार्सागुम्बा संकलन रोकिएको राससले जनाएको छ। अहिले त्यस्ता घटना दोहोरिन नदिन अन्य जिल्लाका संकलकलाई अनुमति दिइँदैन। 

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले अहिले यार्सागुम्बा संकलन गरिने भए पनि बाह्य जिल्लाका संकलकलाई अनुमति नदिइएको बताए। यार्सागुम्बा संकलनका लागि अनुमति लिन प्रतिव्यक्ति रु ३५ हजार शुल्क तोकिएको उनले जानकारी दिए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले यार्सागुम्बा संकलनका लागि स्वीकृति दिएपछि मात्रै संकलन गर्न खर्क पस्न पाउने हुन्छ। मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्सागुम्बा संकलन गर्न मनाङका लेक पुग्छन्। नार घटनापछि एक्याप मनाङले यार्सागुम्बा संकलनलाई व्यवस्थित बनाउँदै लगेको छ। सोही अनुरुप बाहिरी जिल्लाका संकलकलाई अनुमति दिइँदैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *