बंगाललाई आतंककारीको आश्रयस्थल बनाइयो: दिलीप घोष

IMG-20240427-WA0174

कोलकाता/दुर्गापुर: बर्दवान-दुर्गापुर लोकसभा क्षेत्रका भाजपा उम्मेद्वार दिलीप घोषले शनिबार बिहान नयाँ टाउनशिप पुलिस स्टेशन, दुर्गापुर अन्तर्गत एबीएल मैदानको भ्रमण गरे। यसै क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यो राज्यमा हतियार बरामद गर्न कमाण्ड नै लिनुपर्ने बताए। उनले भने, ‘निर्वाचन गराउन सीआईसीएफ परिचालन गर्नुपर्छ। पश्चिम बंगाललाई आतंककारीहरूको आश्रयस्थल बनाइएको छ। यो शाहजहाँ सीपीएममा हुँदा पेस्तोल लिएर हिँड्थे, अहिले एके ४७ लिएर घुमिरहेका छन्। अहिले राज्यका धेरै ठाउँमा विदेशी हतियार निस्कन थालेका छन्। सन्देशखालीमा हतियार कारखाना भयो, राष्ट्रविरोधी गतिविधि भयो भने भारत कसरी सुरक्षित हुन्छ?’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement