लजमा आगलागी

IMG-20240427-WA0193.jpg

सिलगढी:  बागडोग्रा क्षेत्रको एक लजमा दिउँसो करिब १२ः३० बजे आगलागी भएको थियो। घटनाको जानकारी पाएलगत्तै सिलगढीको माटिगडा दमकल स्टेशनबाट ३ वटा गाडी घटनास्थलमा पुगेर आगो नियन्त्रण गर्न थालेका छन्। सर्ट सर्किटका कारण आगलागी भएको दमकलको प्रारम्भिक अनुमान छ। अर्कोतर्फ आगलागीको घटनापछि उक्त क्षेत्रमा धेरै मानिसहरु भेला भए।

भीड नियन्त्रण गर्न बागडोग्रा ट्राफिक गार्ड पुलिस पुगेका थिए। आगलागीबाट लजको छेउमा रहेको आँखा क्लिनिकको एक भागमा क्षति पुगेको दमकल विभागले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *