पार्किङ गरेको ट्रकको पार्टपुर्जा चोरी गर्ने चार जना पक्राउ

IMG-20240427-WA0185.jpg

सिलगढी: फुलबारीको बाइपास ट्रक टर्मिनलमा पार्किङ गरी राखिएका कैयौं ट्रकबाट लाखौं रुपियाँ बराबरको पार्टपुर्जा चोरी भएको छ। यसपछि टर्मिनस प्राधिकरणले नयाँ जलपाईगुडी पुलिस स्टेशनमा लिखित उजुरी दर्ता गरायो। उजुरीका आधारमा सिलगढी महानगरीय पुलिसको नयाँ जलपाईगुडी थानाको पुलिसले अनुसन्धान सुरु गरेको थियो। अन्ततः चोरी भएको दुई दिनमै पुलिसले चोरीको सामान बरामद गरी चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा फुलबारी कलङ्गिनी क्षेत्रका जरीफुल अली र जमशेद अली तथा फुलबारीको नीपनिया र पश्चिम धन्तला गाउँका अलिमुल हक र हसन अली रहेका छन्। पक्राउ परेका चारै जनालाई शनिबार जलपाईगुडी जिल्ला अदालतमा पठाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *