परिवार खुला आकाशमुनि बस्न बाध्य
मालदा: भीषण आगलागीमा एक परिवारको सबै थोक जलेर नष्ट भएको छ। अहिले यो परिवार खुला आकाशमुनि बस्न बाध्य छन्। शुक्रबार दिउँसो भएको आगलागीमा परी वीरेन मण्डलको घरमा रहेको दुई कोठाको फर्निचर, महत्वपूर्ण कागजात र अन्य मूल्यवान सामान जलेर नष्ट भएको छ। स्थानीय बासिन्दाको हस्तक्षेपमा आगो नियन्त्रणमा आएको छ भने पीडितलाई ब्लक प्रशासनले सहयोगको हात बढाएको छ।










