डुअर्समा चितुवा फेरि पिंजडामा कैद

IMG-20240427-WA0170.jpg

जलपाईगुडी: जिल्लाको क्रान्ति ब्लकको दक्षिण हसखाली क्षेत्रमा शनिबार बिहान एउटा चितुवा खोरमा फसेको छ। केही दिनदेखि चियाबारीबाट चितुवाले बाख्रा र गाई लैजाने गरेको स्थानीयवासी अब्दुल गफुर, सोहेल रानाले बताए। स्थानीय बासिन्दाको पहलमा वन विभागले चियाबारीमा चितुवालाई पक्रन खोरको व्यवस्था गरेको थियो। अन्ततः चार दिनपछि आज बिहान चितुवा खोरमा थुनिएको छ। यहाँ खोरमा राखिएको चितुवा हेर्नको लागि त्यहाँका मानिसहरुको भीड लागेको थियो। चितुवा समातिएपछि आफुहरुले राहत पाएको स्थानीयले बताएका छन्।

About Author

Advertisement