पोखरी भरेर बहुतले भवन निर्माण गरिरहेको विपक्षी दलकाे आरोप

IMG-20240427-WA0160.jpg

कोलकाता/भांगर: भांगर-२ ब्लकको बेउटा नम्बर १ र २ अञ्चल, बामनघाटा अञ्चल र भांगर नम्बर १ ब्लकको १३ जोनको अधिकांश जमिन जलक्षेत्रमा आउँछ। यी सबै क्षेत्रमा जमिनको मूल्य न्यूटाउनको नजिक भएको कारणले आकाश छोएको छ। भूमाफियाको एक समूहले यहाँको सिमसार जमिन चर्को मूल्यमा बिक्री गरिरहेको विपक्षीले आरोप लगाएका छन्। यता, पर्यावरणविदहरूले भने यसले पर्यावरण सन्तुलन बिग्रँदै गएको बताउँछन्। स्थानीय तृणमूल नेताहरूको सहयोगमा दलदल जमिन भरेर अवैध बहुतले भवन निर्माण भइरहेको आरोप विपक्षीले लगाएको छ। पोखरी भरिएपछि यहाँ एकपछि अर्को बहुतले भवन निर्माण भइरहेका छन्। न्यूटाउन नजिकैको भांगर–२ नम्बर ब्लकको बेउटा न० २ पञ्चायतको अबादपाडा, पचुरिया, धर्मतलालगायत ठूलो क्षेत्रमा पोखरी भरेर अवैध रूपमा अग्लो भवन निर्माण भइरहेको विपक्षीको भनाइ छ। जादवपुर लोकसभा क्षेत्रका भाजपा उम्मेद्वार अनिर्बान गंगोपाध्यायले भने, ‘यस राज्यमा अवैध निर्माण एक उद्योग हो। तृणमूलका पाँच सय नेता पोखरी भर्ने अवैध निर्माणमा संलग्न छन्। यसरी अवैध निर्माणका कारण पर्यावरण सन्तुलन बिग्रँदै गएको छ। अर्कोतर्फ वामपन्थी उम्मेदवार सृजन भट्टाचार्यले तृणमूलले जनतालाई नोकरी नदिएकोले सिन्डिकेटका यी सबै गैरकानूनी गतिविधिमा क्षेत्रका युवालाई संलग्न गराएको बताए। सीपीएम नेता तथा वकिल विकास रञ्जन भट्टाचार्यले पोखरी भरेर अवैध निर्माण गरेको विषयमा कोलकाता उच्च अदालतमा मुद्दा दायर भइसकेको भन्दै अदालतले डीएमलाई तत्कालै अवैध निर्माण रोक्न आदेश दिएको बताए। यस सम्बन्धमा पर्यवेक्षक एवं भांगरका विधायकले भने, ‘पोखरी भरेर हुने अवैध निर्माणलाई कदापि समर्थन गर्न मिल्दैन, तत्काल बन्द गर्न पुलिस प्रशासनलाई अनुरोध गर्दछु।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *