जलपाईगढीमा ‘जल जीवन मिशन’ परियोजनाको काम शुरु

IMG-20240427-WA0176

जलपाईगढी: जल जीवन मिशन मार्फत हरेक घरमा पानी पुर्‍याउने काम जलपाईगढीमा शुरु भएको छ। शनिबार बिहान जलपाईगढी सदर ब्लक पोलिटेक्निक कलेज क्याम्पसमा पम्पको बोरिङ काम शुरु भएको छ। जलपाईगढी जिल्ला सहित विभिन्न क्षेत्रमा कडा गर्मी देखिएको छ। गर्मी बढेसँगै जताततै खानेपानीको संकट बढेको छ। यस्तो अवस्थामा जलपाईगढीका लागि निकै खुशीको खबर छ। जलजीवन मिशन परियोजना मार्फत ‘हरेक घरमा खानेपानी’ पुर्याउने कामको थालनी भएपछि सर्वसाधारण निकै खुशी भएका छन्।

अहिले यो आयोजनाको काम तिब्र गतिमा चलिरहेको छ। यस परियोजनाले जलपाईगढीका ती क्षेत्रहरूमा जहाँ पानीको चरम समस्याको गुनासो छ त्यहाँका जनताको समस्या समाधान हुने भएकोमा स्थानीय बासिन्दाहरू धेरै खुशी छन्। जलपाईगढी सदर ब्लकको पहारपुर ग्राम पञ्चायतको पटकाटा कालोनी सहित पानी संकटबाट ग्रस्त विभिन्न क्षेत्रका मानिसहरूले पिउने पानीको लाभ पाउने विश्वास गरिन्छ। यहाँबाट हरेक घरमा खानेपानी पुग्छ। उनको काम तीब्र गतिमा छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *