वर्ल्ड कपमा भारतीय महिला कम्पाउण्ड टीमको स्वर्णिम सफलता

IMG-20240427-WA0148.jpg

शंघाई: भारतले शनिवार शंघाईमा जारी आर्चरी वर्ल्ड कप चरण १-मा महिलाहरूकी कम्पाउण्ड टीम स्पर्धामा इटलीलाई २३६-२२५-ले पराजित गरी आफ्नो पहिलो स्वर्ण पदक जित्यो। शीर्ष वरीयता प्राप्त ज्योति सुरेखा वेन्नम, अदिति स्वामी र परनीत कौरकी टीमले २४ तीरहरूमा केवल ४ पोइण्ट्स गुमाएर छैटौं वररीयता प्राप्त इटलीलाई असल अन्तरले पराजित गऱ्यो अनि सीजनको शुरुवाती वैश्विक शोपीसमा आफ्नो खाता खोल्यो। ज्योति, अदिति र परनीतले ६-६ तीरहरूको पहिलो तीन प्रयासमा केवल दुईपल्ट परफेरक्ट १० स्कोर गरिनन्।
भारतीय टीमले शुरुवातमै मार्सेला टोनियोली, आइरीन फ्रेञ्चिनी र एलिसा रोनरकी इटालियन टीम विरुद्ध १७८-१७१-को असल बढ़त हासिल गऱ्यो। अन्तमा भारतीय टीमले २ पोइण्ट्स गुमाए पनि त्यसले अधिक फरक परेन अनि ११ पोइण्ट्सको अन्तरले जीत हासिल गरी स्वर्ण पदक झोलीमा हाल्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *