ला लीगाः च्याम्पियन बन्ने नजिक पुग्यो रियल म्याड्रिड

IMG-20240427-WA0035.jpg

म्याड्रिड: स्पेनिश ला लीगा फूटबलमा अझ एउटा जीत हासिल गरी रियल म्याड्रिड ३६औं पल्ट च्याम्पियन बन्ने नजिक पुग्यो। रियल म्याड्रिडले शुक्रवार राति खेलिएको म्याचमा रियल सोसिएदादलाई १-०-ले पराजित गऱ्यो। यस जीतको साथै अहिले शीर्षमा रहने रियल म्याड्रिडको ३३ वटा म्याचमा ८४ पोइण्ट्स पुग्यो। यसरी उनीहरूसँग दोस्रो स्थानमा रहने बार्सिलोनाभन्दा १४ पोइण्ट्स अधिक रहेको छ जबकि लीगमा रियलले अझ ५ वटा म्याच खेल्नु बाँकी छ। बायर्न म्यूनिख विरुद्ध च्याम्पियन्स लीगको सेमिफाइनल म्याचलाई ध्यानमा राखेर रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले जूड बेलिंघम र टोनी क्रूस जस्ता प्रमुख खेलाड़ीहरूलाई विश्राम दिए पनि रियल म्याच जित्न सफल भयो। यस अवे म्याचमा ४३ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडको तर्फबाट एकमात्र गोल एर्डा गुलेरले छिराए। तुर्कीका १९ वर्षीय स्ट्राईकरले २९औं मिनटमा गोल गरे। म्याचमा रियल सोसिएदादले पनि गोल गर्ने मौका बनाएको थियो तर टीमले त्यसलाई काममा लगाउन सकेन। ला लीगाको जारी सीजनमा रियल म्याड्रिडको यो २६औं जीत हो। होम ग्राउण्डमा म्याच हारेपछि रियल सोसिएदाद ३३ वटा म्याचमा ५१ पोइण्ट्सको साथ छैटौं स्थानमा रहन पुग्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *