६ अगस्तः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको तेस्रो क्वार्टर फाइनलमा डामडिम इलेभेन विजयी भयो। सेभोक प्राइमरी स्कूल मैदानमा शनिवार भएको म्याचमा डामडिम इलेभेनले लिम्बु बस्ती एफसी-लाई ५-०-ले पिट्यो। प्लेयर अव् द म्याच रहने विजेता टीमका दिनारले ह्याट्रिक गरे। यसबाहेक सनातन कर्मकार र देवाले १-१ गोल गरे। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ९ र १० अगस्तमा हुनेछ। यसबाहेक फाइनल १५ अगस्तको दिन खेलिनेछ। यस इलेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा देश लामाले बताएका छन्।