नयाँ दिल्ली: उपराष्ट्रपतिको चुनावमा जगदीप धनखड विजय भएका छन्। उनले ५२८ मत पाएका छन्। जबकि मार्गरेट अल्भाले १२८ मत प्राप्त गरिन्। १५ मत बदर घोषित भएको छ। संसदका दुवै सदन, लोकसभा र राज्यसभामा जम्मा ७२५ मतदाताले मतदान गरेका थिए। अर्थात् कुल मतदाता ९२.९४ प्रतिशत रहेको छ। जसमा ७१० अर्थात ९७ दशमलव ९३ प्रतिशत मत मान्य भएको थियो। जगदीप धनखड ५२८ मत ल्याएर विजयी भएका छन्। उपराष्ट्रपति चुनाव चुनाव अधिकृत उत्पलकुमार सिंहले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन्। यसरी सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)का उम्मेदवार जगदीप धनखड देशको १६औँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।