२१औं सिक्किम स्टेट ओपन ब्याडमिण्टन प्रतियोगिता आरम्भ

IMG-20220806-WA0177.jpg

गान्तोक: आजादीका अमृत महोत्सव कार्यक्रम अन्तर्गत आजदेखि पाल्जर स्टेडियमस्थित जिम्नेजियम हलमा २१औं सिक्किम स्टेट ओपन ब्याडमिन्टन प्रतियोगिताको शुभारम्भ भयो। ब्याडमिन्टन एसोसिएशन अफ् इण्डियाको सहयोगमा आयोजित यस प्रतियोगिताको शुभारम्भ कार्यक्रममा मुख्य अतिथिको रुपमा राज्यका खेलकू तथा युवा मामिला विभाग मन्त्री कुङ्गा निमा लेप्चा उपस्थित थिए। यस प्रतियोगितामा राज्यका विभिन्न क्षेत्रका २ सय भन्दा अधिक खेलाड़ीहरूले अंशग्रहण गरेका छन्। आजदेखि शुरु भएको यो कार्यक्रम आगामी 9 अगस्तको दिन समापन हुने आयोजक समितिले जानकारी गराएको छ। यस अवसरमा खेलाड़ीहरूले ड्रग्समुक्त सिक्किमको साथै आफूहरूलाई ड्रग्सदेखि टाढ़ा राख्ने शपथ पनि ग्रहण गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुङ्गा निमा लेप्चाले खेलकूदबाट विभिन्न क्षेत्रमा पुग्ने फाइदाहरूबारे उपस्थित खेलाड़ीहरूलाई अवगत गराए। यसको साथै उनले ब्याडमिन्टन क्षेत्रमा सिक्किमले धेरै विकास गरिरहेको बताए। भविष्यमा राज्यका ब्याडमिन्टन खेलाड़ीहरूले अझ धेरै उपलब्धिहरू हासिल गरेर राज्यको नाम रोशन गर्ने पनि उनले सम्भावना व्यक्त गरे।

यसको साथै पत्रकारहरूसँगको कुराकानीमा लगभग एक महिनाभित्र पाल्जर स्टेडिमको पूर्ननिर्माण कार्य पनि समाप्त हुने बताए। यसको पूर्ननिर्माण कार्य समाप्त नभएको कारण यो वर्षको स्वतन्त्रता दिवस नाम्चीमा आयोजन गर्ने सरकारले निर्णय लिएको जानकारी गराए। यस स्टेडियमको पूननिर्माण कार्यको कूल लागत ६.९ करोड़को रहेको अवगत गराए। यस स्टेडियमको पहिलो चरणको कार्य समाप्त भएपछि यहाँको छाना पनि पूर्ननिर्माण गरिने उनले जानकारी गराए। मर्मती कार्य राम्रोसँग होस् भन्ने ध्येयले सरकारले निर्माणकर्ताहरूलाई पर्याप्त समय दिएको उनले थप बताए। यसको मर्मती भइसक्दा यो उच्चकोटीको हुने पनि अवगत गराए।

यसको साथै आजदेखिनै यहाँको इण्डोर बास्केटबल हलमा छोग्याल पाल्देन नामग्याल बास्केटबल सेन्टेनियल कपको पनि शुभारम्भ भएको छ। बास्केटबल एसोसिशन अफ् सिक्किमका महासचिव जिग्मीला वाजालिङ्गपाले जानकारी अनुसार उक्त प्रतियोगिताको फाइनल खेल ८ अगस्तको दिन सम्पन्न हुनेछ। बास्केटबल खेललाई अझ बढ़ावा दिने उद्देश्य सहित आयोजित यस प्रतियोगितामा राज्य लगायत छिमेकी राज्यका विभिन्न विद्यालयका खेलाड़ीहरूले भाग लिइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement