गान्तोक: स्वतन्त्रताको अमृत महोत्सवमा हर घर दस्तक अभियान अन्तर्गत आज स्वाथ्य विभागले राज्यका पत्रकारहरूलाई कोभिडको बुस्टर डोज प्रदान गऱ्यो। पत्रकारहरूसित सिक्किम राज्य व्याङ्कका कर्मचारीहरूले पनि यो लाभ प्राप्त गरे। उल्लेखनीय छ, आज प्रेस क्लब अफ् सिक्किमसित मिलेर राजधानी गान्तोकको ठाकुरबारी मन्दिरमा आयोजित शिविरमा पत्रकार र उनीहरूका परिवारका सदस्यलाई कोभिड विरुद्धको खोप लगाइयो।
यस अवसरमा प्रेस क्लब अफ् सिक्किमले राज्यका पत्रकारहरूलाई कोभिड महामारीमा अग्रपंक्तिका योद्धा (फ्रण्ट लाइन वारियर) घोषणा गरेर टीकाकरणमा प्राथामिकता दिएकोमा सिक्किम सरकारका मुख्य मन्त्री पी.एस.तामाङ, स्वाथ्य विभाग साथै निरन्तर टाकाकरणको निम्ति खटिएका स्वाथ्यकर्मी र सुरक्षा कर्मीहरूप्रति आभार व्यक्त गऱ्यो।
स्मरण रहोस, कोभिड खोपको दायरा बढाउन देशव्यापी रूपमा हर घर दस्तक अभियान चलाइएको छ। अभियानलाई तीव्रता दिई कभरेज बढाउने लक्ष्य राखिएको छ। खोप महाअभियान बाहेक हर घर दस्तक अभियान मार्फत सामुदायिक तहमा विपन्न वर्गसम्म कोभिड विरुद्धको खोप पुऱ्याइएको छ। स्वाथ्य विभागका महानिर्देशक एवं सचिवअनुसार राज्यमा खोप महाअभियानसितै ६ देखि १६ अगस्त सम्म ६ विभिन्न स्थानमा हर घर दस्तक अभियान अन्तर्गत कोभिड विरुद्धको बुस्टर खोप लगाइन्दैछ।