सड़क दुर्घटनामा युवकको मृत्यु

IMG_20220521_164922.jpg

राजगञ्ज। स्कुटीमा सवार भएर घर फर्किरहेको समय सड़क दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ भने अन्य एकजना युवक गम्भीर रुपमा घाइते भएका छन्। तिनीहरू श्मसान घाटबाट शवको अन्तिम संस्कार गरेर फर्किरहेका थिए। मृतकका नाम अजय सरकार (२१) अनि घाइते युवकको नाम सौरभ चौधरी (२१) रहेको छ। उक्त घटना हिज राति सिलगढी संलग्न गोरामोड इलाकामा घटेको हो। यी दुवैजना युवक फुलबारी २ नम्बर ग्राम पञ्चायतको पूर्व धनतला निवासी हुन्। घटनापछि इलाकामा शोकको माहौल छाएको छ। प्राप्त जानकारीअनुसार पूर्व धनतला इलाकाको एकजना मृतकको साहूडांगी श्मसान घाटमा अन्तिम संस्कार गरेर हिज राति लगभग १२ बजी यी दुई युवक स्कुटीमा सवार भएर घर फर्किरहेको समय गोरामोड संलग्न इलाकमा आइपुग्दा तिनीहरू सडक दुर्घटनामा परे। दुर्घटनामा दुवै जना गम्भीर रुपमा घाइते भएपछि तिनीहरूलाई फुलबारी नजिकको एउटा अस्पतालमा लगियो। जहाँ चिकित्सकहरूले अजय सरकारलाई मृत घोषित गरिदिए। यसैगरी, अन्य एकजना गम्भीर रुपमा घाइते भएको युवकको हाल उत्तबंग मेडिकल कलेज एवम् अस्पतालमा उपचार चलिरहेको छ। अर्कोतिर डाबग्राम फूलबारीको विधायक शिखा चटर्जी आज बिहान मृतकको घरमा पुगेर तिनका परिवारका सदस्यहरूसित कुराकानी गर्नको साथै हरसम्भव सहयोगको आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement