चोटग्रस्त रिजवान र नियाजी टी२० सीरीजबाट बाहिर

IMG-20240425-WA0210.jpg

कराची: पाकिस्तानका चोटग्रस्त विकेटकीपर ब्याटर मोहम्मद रिजवान र इरफान खान नियाजी न्यूजील्याण्ड विरुद्ध जारी टी२० इण्टरनेशनल क्रिकेट सीरीजका रहल म्याचहरूबाट बाहिर भएका छन्। पीसीबी-द्वारा जारी बयानमा यी दुवैको रोडियोलजी रिपोर्ट प्राप्त भएको अनि दुवैलाई टी२० सीरीजबाट बाहिर गर्ने फसेला लिइएको बताइएको छ। रिजवान तेस्रो टी२० म्याचमा ब्याटिंग गर्दा मांसपेशीको चोटले गर्दा रिटायर्ड हर्ट भएका थिए। पीसीबी-ले उनी लगभग दश दिन मैदान बाहिर रहने बताएको छ। यसरी नियाजीलाई चाहिँ त्यस म्याचको अवधि कुनै समस्या भएको देखिएन तर उनको पनि मांसपेशीमा चोट लागेको पत्तो लाग्यो। यस जोड़ी बाहेक आजम खान चोटले गर्दा अगावै अनुपलब्ध छन्। यसरी यस सालको शुरुवातमा न्यूजील्याण्ड विरुद्ध टी२०ओई पदार्पण गर्ने हसीबुल्लाहलाई आजमको कवरको रूपमा बोलाइएको छ। यसबाहेक टोलीमा अन्य कुनै परिवर्तन गरिएको छैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *