रम्फू बजारमा पेयजल सुविधा जडान

1000579026.jpg

पाकिम: रम्फू नगर पञ्चायतले रम्फू बजारमा पेयजल सुविधा जडान गर्न सफल बनेको छ। उक्त सुविधा १७ माउण्टेन डिभिजनको त्रिशक्ति कोर र बरदाङ भारतीय सेनाको सहयोगमा जडान गरिएको बताइएको छ।

जानकारी अनुसार, भारतीय सेनाको सीमा विकास कोष पहल अपरेशन सदभावना अन्तर्गत थालिएको उक्त परियोजनाले सामान्य समय र विपत्तिपूर्ण परिस्थितिहरूमा समुदायको महत्त्वपूर्ण आवश्यकताहरूलाई पूरा गर्नेछ। यस प्रमुख उद्देश्य रम्फूवासीहरूलाई स्वच्छ अनि सुरक्षित पानी उपलब्ध गराउनु रहेको बताइएको छ।

यस प्रयासले समुदायको तत्काल आवश्यकताहरूलाई पूरा गर्नुका साथै दीर्घकालीन स्वास्थ्य र कल्याणको सुरक्षा पनि गर्दछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *