क्रिकेटको सबै प्रारूपबाट सन्न्यासको घोषणा गरिन् मारूफले

IMG-20240425-WA0207.jpg

इस्लामाबाद: पाकिस्तान महिला क्रिकेट टीमकी पूर्व कप्तान तथा स्टार अलराउण्डर बिस्माह मारूफले बिहीवार तत्काल प्रभावको साथ क्रिकेटको सबै प्रारूपहरूबाट सन्न्यासको घोषणा गरिन्। साल २००६-मा इण्टरनेशनल क्रिकेटमा पदार्पण गर्ने मारूफले १३६ वटा वनडे म्याचमा २९.५५-को औसतले ३३६९ रन बनाइन्, जसमा २१ वटा अर्द्धशतक सामेल छ। यस प्रारूपमा उनले ४४ विकेट हासिल गरिन् । यसरी १४० वटा टी२०आई म्याचमा उनले २७.५५-को औसतले २८९३ रन बनाइन्। यसमा १२ वटा अर्द्धशतक र ३६ विकेट पनि रहेको छ। कप्तानको रूपमा पनि मारूफले ९६ वटा म्याचमा पाकिस्तानको नेतृत्व गरिन्, जसमा २०२० र २०२३-को आईसीसी महिला टी२० वर्ल्ड कपको साथमा २०२२-मा भएको आईसीसी महिला वनडे क्रिकेट वर्ल्ड कप पनि सामेल छ। मारूफले भनेकी छन्, मैले त्यस खेलबाट सन्न्यास लिने फसेला गरेकी छु, जुन मलाई सबैभन्दा धेर मन पर्छ। यो चुनौती, जीत र अविस्मरणीय यादहरूले भरिएको अविश्वसनीय यात्रा रह्यो। म आफ्नो परिवार प्रति आभार व्यक्त गर्न चाहन्छु, जसले शुरुवातदेखि लिएर अहिलेसम्मको क्रिकेट यात्रामा मलाई समर्थन गरे। यसको साथमा मेरो क्षमतामाथि विश्वास गर्ने र आफ्नो प्रतिभा देखाउन मञ्च प्रदान गर्ने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) – लाई पनि धन्यवाद जनाउन चाहन्छु।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *