जागिरहरू रद्द गर्नुलाई “घोर अन्याय” हो: ममता बनर्जी

3688829-83.webp

काेलकाता: मुख्यमन्त्री ममता बनर्जीले बिहीबार २५,००० भन्दा बढी स्कूल जागिरहरू रद्द गर्नुलाई “घोर अन्याय” भनी बताउनुभयो र यी रोजगार गुमाउनेहरूलाई चुनावको कर्तव्यमा खटाउनबाट रोक्नको लागि बीजेपीको षड्यन्त्र हो भनि आरोप लगाउनुभयो। पश्चिम मेदिनीपुर जिल्लाको मेदिनीपुर लोकसभा निर्वाचन क्षेत्रको चुनावी र्‍यालीलाई सम्बोधन गर्दै, बनर्जीले यति धेरै शिक्षक बेरोजगार भए भनेे विद्यालय कसरी चल्न सक्छ भनेर आश्चर्य व्यक्त गरे। यस हप्ताको सुरुमा, कलकत्ता उच्च अदालतले पश्चिम बंगाल सरकारद्वारा प्रायोजित र सहायता प्राप्त विद्यालयहरूमा राज्य स्तर चयन परीक्षा-२०१६ (एसएलएसटी) को भर्ती प्रक्रियालाई “रद्द र शून्य घाषित गरि, यस मार्फत गरिएका सबै नियुक्तिहरू रद्द गर्ने आदेश दिएको थियो। “कसैले गल्ती गरेको छ भने सच्याउन सकिन्छ, तर २५ हजारको जागिर खोस्नु घोर अन्याय हो। यति धेरै शिक्षक जागिरबाट बाहिर भए विद्यालय कसरी चल्ने?” यो भाजपाको षड्यन्त्र हो। म न्यायपालिकाको सम्मान गर्छु तर जे भयो त्यो घोर अन्याय हो” उनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement