बैष्णवी प्रोडक्सन दार्जिलिङद्वारा निर्मित नेपाली कथानक चलचित्र हमजायेगाको दोस्रो गीत ‘हमजायेगा म पनि हमजायेगा’ सार्वजनिक

IMG-20220806-WA0171.jpg

दार्जिलिङ: आज एक कार्यक्रमको साथमा बैष्णवी प्रोडक्स दार्जिलिङद्वारा निर्मित नेपाली कथानक चलचित्र हमजायेगाको दोस्रो गीत सार्वजनिक गरिएको छ। हमजायेगाका नातिनीद्वय दिप्निता गुरुङ अनि प्रतिभा मोक्तान साथै सामाजिक संस्था डीएसएसकी प्रमुख शशी योञ्जन एवं नमस्ते फाउनडेसनका प्रमुख पिंकी विस्वकर्म एवं भारतीय नेपाली सिने जगतका ख्यातिप्राप्त कलाकारहरुको विशेष उपस्थितिमा स्थानीय दिव्यवाणी प्रेक्षागृहमा आयोजित कार्यक्रममा चलचित्र निर्देशक आदित्य राया प्रमुख रूपमा उपस्थित थिए भने कार्यक्रममा चलचित्रका युवा कलाकारहरुलाई परिचय गराइएको थियोे।

आज रिलिज गरिएको गीतको बोल – ‘हमजायेगा म पनि हमजायेगा’ का गायक नवदित कलाकार प्रशान्त गुरुङ रहेको छ साथै यसका कोरियोग्राफर अर्जुन गुरुङ रहेका छन्। स्मरण रहोस् दार्जिलिङका प्रख्यात हाँस्य कलाकार हमजागेयालाई नयाँ पुस्तासम्म पुर्याउने प्रमुख उद्देश्यको साथमा निर्मित यस चलचित्रको उक्त गीतमा युवा कलाकारहरु आदर्श थामी, अञ्जली सुब्बा, आर्यन बिसुंखे लगायतको वरिष्ठ सिने कलाकारहरु ललित गोले पाला, देवराज शेर्पा, अरुण प्रकाश राई, हेमन्त गिरीको मुख्य भूमिका रहेको छ भने हमजायेगाको भूमिकामा जीवन गुरुङ रहेका छन। उक्त चलचित्र चाडै सार्वजनिक हुने थाहा लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement