पाकिम र मंगन जिल्लाले प्राप्त गऱ्यो पोस्टल व्यालेट

IMG-20240425-WA0200.jpg

गान्तोक: गत १९ अप्रेलको दिन सम्पन्न भएको सिक्किम विधानसभा चुनाउमा चुनाउमा खटिएका र राज्य बाहिर कार्यरत अधिकारीहरूले पोस्टल व्यालेटको माध्यमद्वारा मतदान गरेका थिए। सोही प्रकारले आज मंगन जिल्लाको निम्ति ३७ वटा पोस्टल व्यालेट ढाक घरको माध्यमदवारा आइपुगेको छ। जिल्ला प्रशासनिक केन्द्रले आज ३७ वटा पोस्टल व्यालेट प्राप्त गरेको जानकारी गराइएको छ भने ती सबै पोस्टल व्यालेट अतिरिक्त जिल्लापाल विष्णु लामा, चुनाउ अधिकारी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा स्ट्रङ रूममा राखिएको छ। यसरी नै पाकिम जिल्लाले पनि आज २१५ वटा पोस्टल व्यालेट प्राप्त गरेको छ। पाकिम जिल्लाले प्राप्त गरेको सबै पोस्टल व्यालेट ढाक घरको माध्यमद्वारा पठाइएको हो। भारतीय चुनाउ आयोगको निर्देश बमोजिम प्राप्त गरेको सबै पोस्टल व्यालेटलाई पाकिम जिल्लाका महकुमा अधिकारी (मुख्यालय) महेन्द्र छेत्री र महकुमा अधिकारी सन्देश सुब्बाको उपस्थितिमा सील गरेर राखिएको छ।

About Author

Advertisement