गान्तोक: राजधानीस्थित मोर्डन वरिष्ठ माध्यमिक विद्यालयकी छात्रा पेमला शेर्पाले मिस इन्डिया इन्टरनेश्नल सीजन-२ को खिताब जितेकी छन्। सोही प्रकारले मिङतामा तामाङ पहिलो उपविजेता बनेकी छन्। उनी बुर्तक निवासी हुन् भने हाल उनी मोर्डन वरिष्ठ माध्यमिक विद्यालयमा अध्ययरत छन्। यसरी नै साहिल तामाङ मिस्टर ईन्डिया इन्टरनेश्नल सीजन-२ को उपविजेता बनेका छन्। सोही प्रकारले डिक्छु निवासी अवरिल तामाङ दोस्रो उपविजेता बनेकी छन्, भने उनी डिक्छु वरिष्ठ माध्यमिक विद्यालयमा हाल बार्हौं श्रेणीमा अध्ययरत रहेकी छन्। सो प्रतियोगितामा विजयी र उपविजयी बन्ने सबैलाई मंगलबारको दिन रम्फ्मा सामाजिक कार्यकर्ता फूर्बा रिञ्जिङ शेर्पाले भव्यरूपमा स्वागत जनाए। उक्त प्रतियोगिता सिलगढीमा गत २१ अप्रेलको दिन सम्पन्न भएको थियो जहाँ फाइनल राउण्डमा २० जना प्रतियोगीहरू रहेका थिए।