लोकसभा चुनावमा दार्जीलिङ संसदीय सिटमा मुख्य रूपमा त्रिकोणीय प्रतिद्वान्दिता

IMG-20240425-WA0190.jpg

खरसाङ: आज १८औं लोकसभा चुनाउको लागि दार्जिलिङ संसदीय सिटको लागि चुनाव भईरहेको छ। यसचोटि दार्जीलिङ संसदीय क्षेत्रबाट १४ जना उम्मेद्वारहरू आ-आफ्नो मुद्दाहरू लिएर चुनाउ मैदानमा उत्रिएका छन्। १४ जना प्रार्थीहरूमा गोपाल लामा अल इण्डिया तृणमूल कङ्ग्रेस, राजु विष्ट भारतीय जनता पार्टी, मुनीष तामाङ इण्डियन नेशनल कङ्ग्रेस या तीनजनामा मुख्य प्रतिद्वान्दिता रहने सम्भावना रहेको देखिएको छ। यसपाली पहाड़मा यी तीनजना प्रार्थीहरूमध्ये निर्दलीय प्रार्थीहरू बीपी बजगाई, बन्दना राईले निक्कै भोट पाउन सक्ने सम्भावना देखिएको छ। दार्जिलिङ संसदीय सिटको लागि १४ जना प्रार्थीहरूको भाग्य आज जनताले ईभीएम मशीनमा कैद गर्नेछन् अनि आगामी ४ जूनको दिन निर्णय तय हुनेछ। यसपाली दार्जीलिङ संसदीय सिटको लागि भाजपाको प्रार्थी राजु विष्टलाई गोजमुमो, गोरामुमो, क्रामाकपा, सुमेटु मोर्चा लगायतका राजनैतिक पार्टीहरूले साथ दिईरहेका छन् भने तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामालाई पहाड़को सत्तारूढ दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको साथ, सहयोग र समर्थन रहेको छ भने कंग्रेसको प्रार्थी डा. मुनिष तामाङलाई यसपालीको लोकसभा चुनावमा पहाड़बाट हाम्रो पार्टी, सीपीआईएमको पनि साथ र सहयोग रहेको छ। यसबाहेक निर्दलीय प्रार्थीहरूमा बीपी बजगाई र बन्दना राईले पनि जनताको साथ पाउने सम्भावना देखिएको छ। अब आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने मतदानमा जनताले १४ जना प्रार्थीहरूमा कसलाई बेसी मत दिने हुन् त्यो ४ जूनको निर्णयले नै तय गर्नेछ।

तर मुख्य रूपमा तृणमूल प्रार्थी गोपाल लामा, भाजपा प्रार्थी राजु विष्ट र कंग्रेस प्रार्थी डा मुनिष तामाङमाझ मुख्य रूपमा यसपालीको लोकसभा चुनावमा मुख्य रूपमा त्रिकोणीय प्रतिद्वान्दिता रहेको देखिएको छ। अब यसपाली दार्जीलिङ संसदीय क्षेत्रको जनताले भाजपालाई ति तृणमूल कांग्रेस एंव कंग्रेसलाई बहुमत दिने हुन् त्यो ४ जूनको मत परिणामले तय गर्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *