खरसाङ क्षेत्रका विभिन्न बुथहरूमा पुगे चुनाव कर्मीहरू

IMG-20240425-WA0189.jpg

खरसाङ: भोलि २६ अप्रेलको दिन हुने लोकसभा चुनावको लागि खरसाङको विभिन्न पुलिङ बुथहरूमा चुनावकर्मीहरू पुगेका छन्। खरसाङ महकुमा लागि मुख्य चुनाव सेन्टर खरसाङको सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयबाट चुनावकर्मीहरू विभिन्न चुनाव बुथहरूमा प्रस्थान गरेका थिए। अहिले बेलुकी सबै चुनाव कर्मीहरू आफ्नो आफ्नो बुथहरूमा पुगिसकेका छन्। शान्तिपूर्ण मतदानको लागि यसपाली केन्द्रीय सुरक्षा बलहरू तैनाथ गरिएका छन्। विभिन्न बुथहरूमा चुनावकर्मीहरूसितै सुरक्षाकर्मीहरू पनि पुगिसकेका छन्। दोस्रो चरणको लोकसभा चुनाव अन्तर्गत भोलि २६ अप्रेलको दिन दार्जीलिङ जिल्ला संसदीय सिटको लागि पनि चुनाव भईरहेको छ। मतदाताहरूले बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *