लाखौं रुपियाँको सैगुनका काठ जफत

e0a4b2e0a4bee0a496e0a58be0a482-e0a4b0e0a581e0a4aae0a48f-e0a495e0a580-e0a4b8e0a4bee0a497e0a4b5e0a4bee0a4a8-e0a495e0a580-e0a4b2e0a495.jpg

जलपाईगुड़ी: चालसा रेञ्ज तथा डायना रेञ्जका वन कर्मीहरूले एउटा वाहनबाट लाखौं रुपियाँको सैगुनका काठहरू जफत गरेको छ। यद्यपि यस मामिलामा कसैलाई पनि पक्राउ गरिएको छैन।

सूत्र अनुसार बुधवार अबेर राती चालसा रेञ्जका वन कर्मीहरूलाई सैगुनको काठ तस्करी भइरहेको सूचना प्राप्त भयो। त्यसपछि नागराकाटाको खुनिया क्षेत्रमा लुकेर बसेका वनकर्मीहरू राष्ट्रिय राजमार्ग भएर नागराकाटादेखि चालसा तर्फ तीव्र गतिमा गइरहेको एउटा सानो वाहनको पछि लागे। उक्त वाहन महाबारी क्षेत्रमा पुगेपछि अचानक रोकियो अनि चालक र दुईजना अन्य मानिसहरू वाहन छोड़ेर भागे। वाहनको जाँच गर्दा प्लास्टिकको कभरले ढाकेर राखेको ठूलो संख्यामा सैगुनको काठ भेटियो। त्यसपछि उक्त काठ र वाहनलाई जफत गरी चालसा रेञ्ज कार्यालयमा ल्याइयो।

चालसा रेञ्जका रेञ्जर प्रकाश थापाले भने, एउटा सानो वाहनबाट लाखौं रुपियाँको सैगुनको काठ जफ गरिएको छ। यो कारबाही गुप्त सूचनाको आधारमा डायना रेञ्जका वनकर्मीहरूसित मिलेर संयुक्त रूपमा गरिएको थियो। यसप्रकारको कारबाही निरन्तर जारी रहनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *