खरसाङ: केही दिन अघि खरसाङ महकुमा अन्तर्गत तीनधारे चियाबारीमा गएको पैह्रो जेसीबी लगाएर सफा गरेर बाटो खोल्ने कार्य गरिएको छ। पैह्रोले वाधित बनेको तीनधारे चियाबारीको बाटो तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री र विभागीय पक्षबाट गरिएको पहलमा तीनधारे कन्ट्रयाक्टर एसोसिएशनको कार्यपछि खोलिएको जानकारी प्राप्त भएको छ। तीनधारे चियाबारीको कारखाना पुग्ने रोडमा केही दिन अघि पैह्रो गएपछि रोड वाधित बनेको थियो भने अहिले जेसीबी लगाएर सफा गरेर बाटो खोलिएको जानकारी तीनधारे चियाबारीको सह प्रबन्धक सुकुमार बराईलीले दिएका छन्।

उनले बताए अनुसार तीनधारे चियाबारीमा गएको पैह्रोलाई क्षेत्रीय सभासद र विभागीय पहलमा अनि तीनधारे कन्ट्रयाक्टर एसोसिएशनको सक्रियतामा बाटो खोलिएको छ। उक्त पैह्रो गएको रोड खोलिएपछि तीनधारे चियाबारीको कारखाना पुग्न र कारखानामा बनिएको चियापत्ती र अन्य सरसामानहरू लान र ल्याउन सुविधा भएको बताएका छन्। उनले तीनधारेको चियाबारीको पक्षबाट सबैलाई धन्यवाद पनि दिएका छन्।