जंगली हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

1324886-elephants.jpg

तामुलपुर (असम): भारत-भुटान सीमास्थित तामुलपुर जिल्लाको बिमलानगरमा गए बुधवार अबेर राती जंगली हात्तीको आक्रमणमा परी एकजना व्यक्तिको मृत्यु भयो। पुलिसले बिहीवार बतायो, एक्ले जंगली हात्तीले जगदीश नमः शर्मा (४५)-को घरमा आक्रमण गऱ्यो।

हात्तीले जगदीशलाई घरबाट टिपेर खेतमा फालिदियो। वन विभागसित मिलेर स्थानीय मानिसहरूले उक्त हात्तीलाई खेदाइरहेको बेला हात्ती जगदीश शर्माको घरमा पस्यो अनि उमाथि आक्रमण गऱ्यो। पुलिस कर्मीहरूले बिहीवार बिहान घटनास्थलमा पुगेर शवलाई उद्धार गरी पोस्टमर्टम गर्न मुसलपुर पठाइदियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *