राज्यकै सुदुरवती क्षेत्र समानदेनसँगै संलग्न बुथहरूमा मतदान अधिकारीहरू पुगे

IMG-20240425-WA0183.jpg

बिजनबारी: १८ओैं लोकसभा चुनावको अन्तिम तयारी लगभग पूरा भइसकेको छ भने राज्यकै दुर्गम क्षेत्रहरुमा मतदान गराउन हिजै हिँडेका मतदान अधिकारीहरु आज पूर्ण तयारीको साथमा आ-आफ्नो गन्तव्य स्थलहरु पुगिसकेको थाहा लागेको छ। यसै क्रममा दार्जिलिङ पुल बजार खण्डको सुदुरवर्ती बुथहरु २३/०१ सिरिखोला प्राथमिक विद्यालय, २३/०२ डाँडा गाउँ निम्न माद्यामिक विद्यालय, २३/०३ रमाम प्राथमिक विद्यालयमा मतदान गराउन मतदान अधिकारीहरु पुगिसकेको बताइएको छ।

अर्कोतिर राज्यकै सबैभन्दा दुर्गम २३/०४ समानदेन प्राथमिक विद्यालय बुथको निम्ति मतदान अधिकारीहरु घोडसवारी भई प्रस्थान गरिसकेको तथा बेलुकीसम्म पुग्ने अपेक्षा गरिएको जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *