नेपालको सर्लाही जिल्लामा उन्नाइस करोडको सब्जी बिक्री

IMG-20240425-WA0004

झापा (नेपाल): सर्लाही जिल्लाको लालबन्दीस्थित थोक सब्जी बजारमा किसानले दुई महिनामा १९ करोड बढीको सब्जी बिक्री गरेका छन्। कृषि थोक बजार व्यवस्थापन समितिका अनुसार लालबन्दी–७, डुमडुमेस्थित सब्जी बजारबाट फागुन र चैत्र महिनामा किसानले बिक्री गरेको १९ करोड बढीको सब्जी बाहिरी बजारमा निकासी भएको छ। फागुन महिनामा मात्रै लालबन्दी सब्जी बजारबाट १० करोड सात लाख ५६ हजार ८७ रुपियाँको सब्जी अन्यत्र निकासी भएको छ। किसानले फागुन महिनामा गोलभेँडा मात्रै चार करोड ७३ लाख ४२ हजार ८८७ रुपियाँ र सिमी एक करोड ५७ लाख ३६ हजार ८७५ रुपियाँको बिक्री गरेका छन्।

फागुन महिनामा हरियो खुर्सानीबाट ७१ लाख ४६ हजार रुपियाँ, काउलीबाट ४५ लाख ९३ हजार ७५० रुपियाँ, बन्दाबाट २६ लाख ६२ हजार दुई सय रुपियाँ, भिन्डीबाट ११ लाख ७३ हजार रुपियाँसहित अन्य हरियो सब्जी बिक्रीबाट किसानले राम्रो आम्दानी गरेका छन्। त्यस्तै चैत्र महिनामा लालबन्दी बजारमा किसानले नौ करोड १८ लाख ८३ हजार ४२५ रुपियाँको सब्जी बिक्री गरेका छन्। चैत्र महिनामा पनि सबैभन्दा धेरै गोलभेँडा मात्रै चार करोड ४२ लाख दुई हजार छ सय रुपियाँको बिक्री भएको छ। यो महिनामा किसानले एक करोड नौ लाख ७५ हजार पाँच सय रुपियाँको सिमी, ६४ लाख ३० हजार रुपियाँको हरियो खुर्सानी, ४३ लाख ४८ हजार १२५ रुपियाँको भान्टा, २५ लाख ७० रुपियाँको परबरसहित अन्य हरियो सब्जी बेचेका छन्।

लालबन्दी बजारमा किसानले ल्याएर बिक्री गर्ने सब्जी अहिले काठमाडौँको कालीमाटी र बल्खु सब्जी बजारसहित नारायणघाट, पोखरा, गौर, मलङ्गवा, जनकपुर, सिन्धुलीसहित पहाडी जिल्ला ओखलढुङ्गा र सोलुखुम्बुसम्म पनि पुग्ने गरेको कृषि थोक बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए । लालबन्दी बजारमा सर्लाहीको आधा दर्जनभन्दा बढी पालिका र महोत्तरीको बर्दीबास तथा गौशाला नगरपालिकाका किसानले समेत आफूले फलाएको सब्जी ल्याएर बिक्री गर्ने गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *