मोटरसाइकलको ठक्करबाट  वृद्धाको मृत्यु  

Death-Image-Rep-copy-4

झापा (नेपाल):  झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ। योसँगै बुधबार मात्रै झापामा सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन्। बुधबार ८ बजेको समयमा भद्रपुर नगरपालिका ८ स्थित नमुना टोलमा भद्रपुरबाट चन्द्रगढीतर्फ जाँदै गरेको मे ४ प ४८९६ नम्बरको मोटरसाइकलले पहिचान नखुलेको पैदल यात्री मागिखाई हिँड्ने वर्ष अन्दाजी ८० की पहाडे मुलको जस्तो देखिने वृद्धा महिलालाई ठक्कर दिएको थियो। टाउकोमा चोट लागेर गम्भीर घाइते भई ती वृद्धालाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। उनको उपचारका क्रममा राति ९ बजे मृत्यु भएको जिल्ला पुलिस कार्यालय झापाले जनाएको छ। दुर्घटनापछि मोटरसाइकल र मोटरसाइकल चालक भद्रपुर ८ का ४९ वर्षीय बिसन मोतेलाई पुलिसले नियन्त्रणमा लिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *