दार्जिलिङ जिल्लाको १६ जना कराँते खेलाडीहरू कोलकाता प्रस्थान

IMG-20240425-WA0177.jpg

खरसाङ: दार्जिलिङ जिल्लाको १६ जना कराँते खेलाडी सहभागीहरुको टोली आज कोलकाता प्रस्थान गरेको छ। उक्त टोलीले आगामी २७ अप्रेल २०२४ मा कोलकाताको दमदममा हुने आधिकारिक राज्य कराँते छनोटमा दार्जिलिङ जिल्लाको प्रतिनिधित्व गर्नेछ।
आधिकारिक दार्जिलिङ जिल्ला छनोट मार्च २९ मा भएको थियो जसमा लगभग ८१ विद्यार्थीहरू योग्य भएका थिए तर २६ अप्रेलमा हुन लागेको निर्वाचनका कारण धेरै विद्यार्थीहरूले यस वर्ष भाग लिन सकेनन्। यस वर्ष कुल १६ जनाको सहभागिता रहेको र आधिकारिक जिल्ला दार्जिलिङ कराँते संस्था, स्पोर्ट्स कराते-डु संघ दार्जिलिङ जिल्लाको अध्यक्ष शिहान अनिल र महासचिव सेन्सी सन्दीप प्रधानको अगुवाईमा सहभागीहरुलाई प्रायोजनको नगद हस्तान्तरण गरिएको छ। यो पहिलो पटक हो कि सहभागीहरूलाई उनीहरूको सहभागिता शुल्क रु १२००/- जिल्ला संघबाट प्रायोजन गरिएको हो। विद्यार्थीहरुले दार्जिलिङ जिल्ला संघप्रति आभार व्यक्त गरे। अध्यक्षले भने, यो पहिलो पटक भयो। तर भविष्यमा पनि हाम्रा खेलाडीहरुलाई थप सहयोग गर्ने योजना रहेको बताए। सेन्सी सन्दीप प्रधानले नगद हस्तान्तरण गर्दै राष्ट्रिय छनोटका लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा देहरादुनमा राष्ट्रिय छनोटमा धेरै विद्यार्थी सहभागी हुने आशा व्यक्त गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *