धनुषामा पुलिस र स्थानीयबीच झडप

IMG-20240425-WA0001

झापा (नेपाल): युवा-युवतीको प्रेम सम्बन्धको विषयलाई लिएर मधेश प्रदेश अन्तर्गत धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा पुलिस र स्थानीय बासिन्दाबीच झडप भएको छ। केटा र केटी समूहबीच विवाद उत्पन्न भएपछि पुलिसले स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको हो। केटी समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेको थियो। पुलिसले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा अवरुद्ध गर्ने पक्ष पुलिससँग भिड्न आएको हो। स्थिति नियन्त्रणमा लिन दर्जन सेल अश्रुग्याँस प्रहार गरेको धनुषाका पुलिस प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए। घटनास्थलको अवस्था अहिले पनि तनावपूर्ण रहेको बताइएको छ। केटी भगाएको भन्दै केटा पक्षमाथि मुद्दा चलिरहेको छ। पाँच जनालाई नियन्त्रणमा लिएर अपहरण तथा शरीर बन्धक मुद्दा पनि चलाएको पुलिसले जनाएको छ। युवतीहरूको खोजतालास जारी रहेको बताइएको छ। युवतीका आफन्तहरूले सडक अवरुद्ध गरेका हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *