कुटपिट घटनामा सुनसरीको दुईजना विरुद्व ज्यान मार्ने  मुद्दा दायर

IMG-20240425-WA0008

झापा (नेपाल): पूर्वी नेपाल अन्तर्गत सुनसरीको हरिनगर गाउँपालिकामा एक युवालाई सामूहिक रूपमा निर्घात कुटपिट गरेको घटनामा संलग्न भएको आरोपमा पुलिसले दुई जनालाई पक्राउ गरी मुद्दा चलाएको छ। पुलिसले हरिनगर वार्ड नम्बर १ का ४३ वर्षीय दमाल मियाँ र वार्ड नम्बर २ का २२ वर्षीय दिलसाद सिद्दकीलाई पक्राउ गरी ज्यान मार्ने कसुरमा मुद्दा दायर गरेको जिल्ला पुलिस कार्यालय सुनसरीले जनाएको छ। ४ अप्रेल (चैत्र २) हरिनगर वार्ड नम्बर  ३ का ३० वर्षीय जीवन मेहतालाई सामूहिक रूपमा कुटपिट गरेको भोलिपल्ट ५ अप्रेल (चैत्र २३) हरिनगरको भूटाहामा दुई समूहबीच दोहोरो भीडन्त भएको थियो। मेहतालाई कुटपिट गर्ने समूहमा संलग्न अन्य पाँच जना फरार भएको र  पुलिसको विशेष टोली गठन गरी खोजी कार्य भइरहेको जिल्ला पुलिस कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *