रामसिंह ठकुरीको सुपुत्र रमेश ठकुरीलाई खरसाङमा सम्मान जनाउन अभिनन्दन समारोह समिति गठन

IMG-20220806-WA0167.jpg

खरसाङ: खरसाङको गोर्खा जनपुस्ताकालय र गोर्खा सांस्कृतिक संस्थान खरसाङको संयुक्त सभा गोर्खा जनपुस्ताकालय भवनमा पुस्ताकालयको सभापति पूर्ण गुरुङ निरुपमको अध्यक्षता र सचिव विनोद रसाइलीको सञ्चालनमा सम्पन्न भएको छ।
उक्त सभामा राष्ट्रीय गीत ‘जन गण मन’को धुन पर्ने गोर्खा गौरव कप्तान रामसिंह ठकुरीको सुपुत्र रमेश ठकुरी खरसाङ आएको अवसर पारेर उनलाई अभिनन्दन जनाउने भएको छ। देहरादुनबाट कप्तान रामसिंह ठकुरीको सुपुत्र एंव प्रख्यात लेखक, नाट्य, चलचित्र निर्माता, निर्देशक, प्रशिक्षक, लोक संस्कृति कर्मी रमेश ठकुरी र हिन्दीका वरिष्ठ साहित्यकार राजेन्द्र राजनलाई सम्मान जनाउन खरसाङमा आगामी १३ अगस्तको दिन अभिनन्दन समारोह आयोजना गरिने भएको छ। उक्त अभिनन्दन समारोहमा प्रमुख अतिथिको रुपमा जीटीएको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहने भएको छ। उक्त दिन रमेश ठकुरीसितै देहरादुनबाट हिन्दीका वरिष्ठ साहित्यकार राजेन्द्र राजन पनि उपस्थित रहने जानकारी प्राप्त भएको छ। उनी ‘जन गण मन धुनके जनक कैप्टन रामसिहं ठकुरी’ नामक पुस्तकको लेखक हुन्। उक्त अभिनन्दन समारोको लागि गोर्खा जनपुस्ताकालय र गोर्खा सांस्कृतिक संस्थानका पदाधिकारीहरूलाई लिएर आयोजक समिति गठन गरिएको छ। उक्त आयोजक समितिमा सभापति आशा मुखिया लामा र सचिवमा विनोद रसाइली अनि कार्यकारी सदस्यहरूमा दुवै संस्थाको पदाधिकारीहरू चयन भएका छन्। सभामा गोर्खा जनपुस्ताकालय र गोर्खा सांस्कृतिक संस्थान खरसाङका पदाधिकारीहरू उपस्थित रहेका थिए। उक्त अभिनन्दन समारोह र आजको संयुक्त सभा विषयमा गोर्खा सांस्कृतिक संस्थान खरसाङको अध्यक्षा एंव अभिनन्दन समारोहको अध्यक्षा आशा मुखिया लामाले पत्रकारहरूसित कुराकानी गर्दै अाज हामीले गोर्खा जनपुस्ताकालय र गोर्खा सांस्कृतिक संस्थानको संयुक्त सभा बसेर आगामी १३ अगस्तको दिन खरसाङमा कप्तान रामसिंह ठकुरीको सुपुत्र रमेश ठकुरी अनि हिन्दीका वरिष्ठ साहित्यकार राजेन्द्र राजनलाई अभिनन्दन जनाउने विषयमा चर्चा परिचर्चा गर्दै अभिनन्दन समारोह समिति गठन गरेको जानकारी गराएकी छन्। उनले यस अभिनन्दन समारोह अन्तर्गत १३ अगस्तको दिन बिहान कप्तान रामसिंह ठकुरीको सालिगमा श्रध्दाञ्जली कार्यक्रम हुने अनि त्यसपछि खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा अभिनन्दन समारोह हुने जानकारी गराउँदै यो सुन्दर अवसरमा खरसाङ क्षेत्रका सबै संघ संस्थाहरूका प्रतिनिधिहरूलाई उपस्थित भईदिने आह्वान् गरेकी छन्। त्यसरी नै गोर्खा जनपुस्ताकालय खरसाङको सचिव एंव अभिनन्दन समारोह समितिको सचिव विनोद रसाइलीले पत्रकारहरूसित कुराकानी गर्दै हामीले यसपाली महत्वपूर्ण अवसर पाएका छौं कारण खरसाङमा कप्तान रामसिंह ठकुरीको सुपुत्र रमेश ठकुरी र हिन्दीका वरिष्ठ साहित्यकार राजेन्द्र राजन खरसाङमा आईरहेका छन्। विशेष उनीहरूलाई सिक्किममा स्वाधीनता दिवसको अवसरमा सम्मान जनाउने र उनीहरू कप्तान रामसिंह ठकुरीको सालिग भएको सबैतिर गईरहेको र खरसाङमा पनि कप्तान रामसिंह ठकुरीको सालिग निर्माण भएको कारणले गर्दा खरसाङमा पनि आईरहकोले हामीले दुवैलाई अभिनन्दन जनाउने भएको जुन हाम्रो लागि ठूलो अवसर हो भनी बताएका छन्। उनले यो कार्यक्रम भारत स्वाधीन भएको ७५ वर्ष पुगेको अवसरमा भईरहेको आजादीको अमृत महोत्सव अन्तर्गत यो अभिनन्दन समारोह आयोजना गरिएको बताएका छन्। उनले यस अवसरमा खरसाङ क्षेत्रका सबैलाई उपस्थित भईदिने अनुरोध पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement